Comments Add Comment

आर्थिक समाचारः छोटी भन्सारबाट चोरी तस्करी

१४ भदौ, काठमाडौं । भारत सरकारले वस्तु तथा सेवा कर (जिएिसटी) लागू गरेलगत्तैदेखि ब्यापारीले कर छल्न थालेपछि प्रमुख भन्सार नाकाको राजस्व असुली दर घटेको छ । जिएसटी लागू नभएसम्म काँकडभिट्टा नाकाबाट सधंै उच्च दरमा भइरहेको आयात जुलाई १ यता घटेको छ । यसले भन्सारको आम्दानीमा समेत धक्का लागेको छ । छोटी भन्सारबाट चोरी तस्करीलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।

भैरहवाको मुआब्जा वितरणमा पुँजीगत लाभकरले अन्योललाई कारोबार दैनिकले मुख्य खबर छापेको छ । वित्त आयोग गठन नहुँदा स्थानीय तहको काम ठप्पलाई पनि कारोबारले लेखेको छ ।

विमा समितीको बचत कोषमै जम्मा गर्न निर्देशनलाई पनि कारोबारले लेखेको छ ।

विवरण बुझाउने कम्पनिलाई जरिवानालाई मुख्य समाचार बनाएको गोरखापत्र दैनिकले पर्यटकलाई स्मार्ट कार्ड वितरण गर्ने तयारीलाई पनि लेखेको छ ।
बाढीपहिरोले साढे दुई करोड क्षतिलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोष्टले तरकारीमा चरम कालोबजारी भन्ने खबर छापेको छ । विराटनगर उडान अझै प्रभावितलाई पनि अन्नपूर्णले लेखेको छ ।

आस्बा सेवा ५५ वित्तिय संस्थावाटलाई मुख्य समाचार बनाएको अभियान दैनिकले व्यापारिक मार्ग विस्तार सन्दर्भमा पाँचओटै मार्गको ठेक्का व्यवस्थापन सम्पन्न भन्ने खबर छापेको छ ।

विद्युत चुहावटमा नेपाल दक्षिण एसियामै अगाडीलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । रणनीतिक सडक कालोपत्रे गर्न सरकार असफललाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment