Comments Add Comment

रमेश र प्रशान्त दुबैलाइ चाहियो बोल्ड ‘ऐश्वर्य’


प्रतिक्षित चलचित्र ‘ऐश्वर्य’को आकर्षक टिजर रिलिज भएको छ । चलचित्रको शिर्ष भूमिकामा नव-नायिका दीपिका प्रसाइ र नायिका केकी अधिकारी मध्ये को हुन् भन्ने टिजरमा पनि सस्पेन्स राखिएको छ ।

‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीतका कारण एकाएक चर्चामा आएको यो चलचित्र कात्तिक ९ गतेबाट रिलिज हुँदैछ । टिजरमा गीतसँगै चलचित्रका केही दृश्यहरु समावेश गरिएको छ ।

रमेश उप्रेती , दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय यो चलचित्रमा छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यो चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीको लगानी छ ।

दिवाकर भट्टराइको निर्देशन रहेको यस चलचित्रमा सुदीप वरालको छायांकन छ । यो चलचित्रलाइ स्टाइलिस बनाउन खोजेको नायक उप्रेतीको भनाई थियो ।
चलचित्रले सुपर मोडलको कथासँगै बिजनेसम्यानको जीवन शैलीलाई पनि प्रस्ट्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment