Comments Add Comment

यसरी मनाइयो अल्छि दिवस

आइतबार कोलम्बियाको इटागुई शहरमा मानिसहरु दिउँसै सडकमा गुन्द्री तथा चकटी ओछ्याएरसुतिरहेका थिए ।

उनीहरु कुनै मनोरोगले ग्रस्त भएर त्यसो गरेका होइनन्, न त विरोध प्रदर्शन गरिरहेका हुन् । विश्व अल्छिपना दिवसको अवसरमा कोलम्बियालीहरु सडकमै सुतेका हुन् ।

उच्च तनावयुक्त श्रमिकहरुलाई थकाई मार्न दिन प्रोत्साहित गर्दै मनाइएको विश्व अल्छिपना दिवस सन् १९८५ देखि हरेक वर्ष यो शहरमा मनाइँदै आइएको छ ।

यो सहर उद्योग व्यवसायका दृष्टिले कोलम्बियामा अग्रणी शहर पनि हो । यहाँका मानिसहरु निकै परिश्रमी छन् र काममा दत्तचित्त भएर लागिरहन्छन् ।

यस्तैमा ३२ वर्षअघि कार्लोस मारियो मोन्टोया नामका एकजना शहरबासीले अनौठो आइडिया निकाले । सहरबासीहरु सधै व्यवसायमा दौडधुप मात्र गर्ने होइन की कहिलेकाहीँ थकाई मारेर जीवनको आनन्द पनि भोग गर्नुपर्दछ भन्ने उनको मान्यता थियो ।

त्यसपछि उनकै अवधारणामा आधारित रहेर हरेक वर्ष विश्व अल्छिपना दिवसको नामबाट एकदिन सडकमै सुत्ने परम्परा सुरु भयो । अहिले ६५ वर्ष पुगेका मोन्टोयाले यो वर्षको दिवस आयोजनामा पनि सहयोग गरे ।

मानिसहरु दिवसको अवसरमा सडकमा सुतेनन् मात्र, सुताईसँग सम्बन्धित विभिन्न प्रतियोगिता पनि भए । सबैभन्दा राम्रो पाइजामा लगाएर सुत्ने प्रतियोगिता, सिरानी हानाहान गर्ने प्रतियोगिता, ओछ्यान गुडाउने प्रतियोगिता आदि । हेरौं अल्छि दिवसका केही रोचक दृश्यहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment