+
+

एक्जिम कोर्डको बिरोधमा उत्रिए व्यवसायी

‘व्यवसायको पूँजी हेरेर वर्गीकरण गरी कोड लागू गर्न माग’

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ भदौ १४ गते १५:१९


१४ भदौ, बुटवल । सरकारले यसै वर्षदेखि लागू गरेको इजाजत कोड (एक्जिम कोड)को व्यवसायीले बिरोध गरेका छन् ।

उनीहरुले ठूला र साना व्यवसायीका लागि एउटै डालोमा राख्न गरी बनेको नीतिको बिरोध जनाएका हुन् ।

व्यवसायीको प्रकृती हेरेर मात्र एक्जिम कोड लागु गर्नुपर्ने र व्यवसायीलाई कारोबारको दृष्टिले वर्गीकरण गर्नुपर्ने उनीहरुको माग छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गर्दै व्यवसायीले सामान आयात/निर्यात गर्दा भन्सार कार्यालयबाट लिनुपर्ने एक्जिम कोड ब्यवहारिक नभएको तर्क गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष कन्हैयालाल कसौधनले कारोबार रकमको अनुसार एक्जिम कोड लागू गर्नुपर्ने र ३ लाख धरौटी अथवा त्यति बराबरकै बैंक ग्यारेन्टी दिनुपर्ने नियम ब्यवहारिक नभएको बताए ।

उनले भने, ‘ठूला र साना व्यवसायीलाइ एकै डालोमा नहालियोस् हामी एक्जिम कोडको बिरोधमा छैनौं ।’

‘अरबौ लगानी भएका व्यवसायीलाई पनि ३ लाख र हामी सानालाई पनि ३ लाखै नै यो कसरी व्यवहारिक भयो ?’ उनले प्रश्न गरे ।

प्रदेश न ५ का संयोजक नेत्र पाठकले साना लगानी गरेका उद्योगी व्यवसायीलाइ एक्जिम कोर्ड उद्योगी व्यवसायीलाई बिना जानकारी लागू गरेपछि बिरोध गर्नुपरेको बताए ।

घरेलु तथा साना उद्योगमा देशभर ३ लाख भएपनि दर्ता भएका भने २ लाखको हाराहारीमा नवीकरणसहित संचालन र रुपन्देहीमा भने ३० हजार उद्योग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?