Comments Add Comment

सिंचाई नहुँदा डडेल्धुरामा उर्वरभूमि ६ महिना बाँझै

१४ भदौ, डडेल्धुरा । सिंचाई नहुँदा यहाँका दुर्गम गाउँका उर्वर जमिन ६ महिना बाँझै हुने गरेका छन् ।

काउली, मूला, आलु, बन्दाकोवी लगायत तरकारी उत्पादन गर्न सकिने डडेल्धुराको अजयमेरु गाउँपालिका ४ का धारी, पर्कोटा, मल्लोधारी, भट्याडीको उर्वर जमिन सिंचाईको अभावले ६ महिनाभन्दा बढी बाँझै रहने गरेका हुन् ।

सिंचाईको सुविधा भएका हुरा, कठायतगाउँका जमिन भने सधैं हराभरा हुन्छन् । अन्य ठाउँमा भने स्थानीयवासीले बषर्ामा मात्रै खेती गर्ने गरेका छन् ।

सिंचाई पुगेका स्थानमा ब्यावसायिक रुपमा तरकारी खेती गर्ने गरेको छ । उत्पादित तरकारी चिपुर, बगरकोट सम्म पुर्‍याउने गरिन्छ ।

‘धारी पर्कोटामा सिंचाइको अभावले गर्दा वर्षर् दिनमा ६ महिना खेतबारी बाँझै बस्छ,’ स्थानीय कृषक बहादुर महताले भने, ‘जग्गा धेरै छ, सिंचाई नभएकाले यहाँका अधिकांश वासिन्दालाई आफ्नो उत्पादनले वर्षदिन खान पुग्दैन् ।’

सडकको सुविधा भएको बगरकोट, चिपुरबाट करिब १५ किलोमिटरको दुरीमा रहेको धारी पर्कोटामा सिंचाईको निम्ति पानी छ तर कुलो निर्माण गर्न आर्थिक समस्या छ ।

स्थानीय खोला धारीक्षिणाकोे पानी सिंचाईको निम्ति धारीमा ल्याउन स्थानीयवासीले प्रयत्न गर्दै आएका छन् तर रकमको अभावले ल्याउन नसकेको चन्द्रज्योति आरभूत विद्यालयका शिक्षक वीरबहादुर ऐडीले बताए ।

ध्ारीक्षिणाको पानी धारीमा ल्याउन सके करिव २ हजार रोपनी जग्गा सिञ्चित हुने अगुवा कृषक उद्धव बहादुर ऐडी बताउँछन् ।

धारीक्षिणा धारीबाट करिब ५ किलोमिटरको दुरीमा पर्दछ । धारीवासीले सिंचाईको ब्यवस्था गर्न तत्कालीन जिल्ला विकास समिति डडेल्धुरा लगायत विभिन्न संस्थाहरुसंग माग गर्दै आएका छन् ।

‘सिंचाई नभएर धारीवासी गरिब भए’ स्थानीयवासी दानसिंह ऐरले भने, ‘सिंचाइको ब्यवस्था गर्नसके, किनेर खानेहरु बिक्रि गर्न थाल्थे ।’

सिंचाईको ब्यबस्था नहुँदा तरकारीको लागि धेरै सम्भावना भएको भट्याडीमा पर्याप्त रुपमा तरकारी उत्पादन हुन नसकेको युवा कृषक लोकेन्द्र बहादुर ऐडी बताउँछन ।

‘तरकारी खेती गरु भन्दा पनि सिंचाईको ब्यबस्था छैन’ उनले भने,’पटक-पटक तत्कालीन जिल्ला विकास समिति, सिंचाई कार्यालय र साविकको गाविसमा निवेदन दिँदा समेत कुनै सुनुवाई नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment