Comments Add Comment

नेपालका बाढीपीडितलाई डीएफआईडीले सहयोग बढाउने

बाँकेका बाढीपीडित । तस्वीर: आरपी सुवेदी/अनलाइनखबर

१४ भदौ, काठमाडौं । बेलायतले नेपालमा बाढी तथा डुबानले अत्यधिक प्रभावित समुदायहरुमा आफ्नो सहयोग बढाउने भएको छ ।

डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डीएफआईडी) ले बुधबार यसको घोषणा गरेको हो । डीएफआईडीले स्वच्छ पिउने पानी उपलब्ध गराउनुका साथै सरसफाई, खाद्यान्न र औषधोपचारमा पनि सहयोग गर्ने छ।

नेपालमा बाढीले १७ लाख मानिसहरु प्रभावित बनेका छन् । डीएफआईडीले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र नेपाल रेडक्रस सोसाइटीलाई बाढी प्रभावित क्षेत्रमा खर्च गर्न ४ लाख पाउन्ड छुट्याएको एक विज्ञप्तिमा जनाएको छ । यसमध्ये ७५ प्रतिशत सहयोग पानी, सरसफाइ, जिविका सुधार र स्वास्थ्यमा खर्च गरिने बताइएको छ ।

यसबाट १३ हजार व्यक्तिलाई सुरक्षित पानी उपलब्ध हुने डीएफआईडीको भनाई छ । साथै बाढीबाट अत्यधिक प्रभावित ३ हजार जनाले तत्कालिन खाद्य तथा आर्थिक सहयोग प्राप्त गर्नेछन् । त्यस्तै २ हजार महिला तथा बालिकाहरुलाई स्वास्थ्य सेवा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment