Comments Add Comment

हुमागाईको ‘जीवन’ सार्वजनिक


१५ भदौ, काठमाडौं । ग्राफिक डिजाइनरका रुपमा परिचित सुवर्ण हुमागाई ‘जीवन’ नामक उपन्यास लिएर आएका छन् । यो उनको पहिलो उपन्यास हो ।

हुमागाईले आख्यान तथा गैर–आख्यान गरी दुई सयभन्दा बढी पुस्तक डिजाइन गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन थापा, प्रा. डा. विद्यानाथ कोइराला, मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठ र लेखक हुमागाईले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे ।

पूर्वमन्त्री थापाले वास्तविक जीवनमा लेखक निडर भए जस्तै पुस्तकमा पनि उनले निडरपना देखाएको बताए । रहन–सहनले मानिसमा पर्ने प्रभाव र रंगले ब्यक्ति चरित्र पत्ता लाग्ने कुरा उपन्यासमा रोचक लागेको उनको भनाइ थियो ।

मानवशास्त्री बिहारीकृष्णले पुस्तकमा प्रयोग गरिएको आत्माराम र शान्तिरामको चरित्रले समग्र पुस्तकलाई समेटेको बताए । अर्का टिप्पणीकार प्रा. डा. कोइरालाले पुस्तकले पाठकका लागि दर्शन, सामाजिक उपन्यास वा वकालत के हो भन्ने कुरा प्रष्ट्याउने बताए ।

लेखक हुमागाईले पुस्तकको प्रतिलीपी अधिकार आफूमा नरहेको र मन परेमा कुनै पनि माध्यमद्वारा पुनरोत्पादन गर्न सकिने बताए । आफूले अक्षरमार्फत समाजको पीडा लेखेको बताए । पुस्तक फ्रान्सिस्को भरेला इनिष्टिच्युटले पुस्तक प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment