Comments Add Comment

त्रिविमा सात जना सहनियन्त्रक नियुक्त

१५ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयका लागि सात जना सहनियन्त्रक नियुक्त गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सात सहनियन्त्रक नियुक्त गरेको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए ।

त्रिविमा करिब तीन महिनादेखि सात सहनियन्त्रक पद खाली थियो ।

अझै सुदूरपश्चिविकास क्षेत्रका लागि एक जना सहनियन्त्रक नियुक्त गरिएको छैन । उनका अनुसार केन्द्रमा चार गरी मध्यपश्चिमाञ्चल, पश्चिामाञ्चल, पूर्वाञ्चलमा सात सहनियन्त्रक नियुक्त गरिएको हो ।

केन्द्रका लागि विष्णुप्रसाद वाग्ले, डा. संजीव मिश्र, धनश्याम ठाकुर र अखिलेख कुमार सिंह तथा मध्यपश्चिममा तीर्थ न्यौपाने, पश्चिमाञ्चलमा अर्जुन बराल र पूर्वाञ्चलका लागि अर्जुनविक्रम खड्का नियुक्तभएका छन् ।

यसैगरी यसअघि परिषद्ले परीक्षा नियन्त्रकमा पुष्पराज जोशीलाई नियुक्त गरिसकेको छ । जोशीलाई गत शुक्रबार परीक्षा नियन्त्रकमा नियुक्त गरेको हो ।

यसैगरी त्रिविले यही १७ गते हुने स्नातक, प्रवीणता प्रमाणपत्र तहको सम्पूर्ण परीक्षा यहि भदौ ३१ गतेका लागि सारेको छ ।

मुस्लिम समुदायको वकर ईद परेकाले उक्त दिनको सबै परीक्षा ३१ गते सारिएको सहनियन्त्रक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment