+
+
Shares

कानून अभावले चुनाव रोकिदैन : मन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १६ गते १७:४१

१६ भदौ, पोखरा । कानून्, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले निर्वाचन कानून् अभावले प्रदेश र संसदको चुनाव नरोकिने स्पष्ट पारेका छन् ।

कास्कीको सराङ्कोटमा शुक्रबारबाट सुरु भएको ‘तेस्रो सराङ्कोट पर्यटन महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचन र त्यसपछि मंसिर १० र २३ गते हुने प्रदेश र संसदको चुनाव काुनन अभावमा नरोकिने दाबी रेका गरे । ‘चुनाव निर्विघ्नतापूर्वक तोकिएकै मितिमा हुन्छ,’ उनले भने,’ एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ, निर्वाचन कानून्को अभावले चुनाव रोकिदैन ।’

हार्ने र जित्ने भन्दा पनि चुनाव एउटा प्रक्रिया भएको बताउँदै उनले स्थानीय तहको चुनावमा कांग्रेसले हारेकोतर्फ ईंकित गर्दै भने,’एउटा चुनाव हार्दैमा बाघ दुब्लाउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?