Comments Add Comment

सचिन डाँगी बने वाई वाई ग्लोकल टिन हिरो-२०१७


१६ भदौ, काठमाडौं । आज राजधानीमा आयोजित एक बिशेष सभामा सचिन डाँगीले जिते ‘वाई वाई ग्लोकल टिन हिरो २०१७’ को उपाधी कार्यक्रमको निर्णायकहरुले  सो ट्रफी बिजेतालाई हस्तान्तरण गरे ।

यो बर्ष देश भरिका शानदार किशोर – किशोरीहरुबाट कुल ३२१ आवेदन आएको थियो जसले उपेक्षा गरिएको उमेर समूहको किशोर – किशोरी भित्र रहेको सम्भावना देखिएको छ ।

आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उधमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आˆनो कौशलता देखाएका छन् ।

समाज बिकाशमा रहनु भएका सचिन डाँगीले वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी समाजसेवी अल्बिना पर्बिन , एप डेभलपर आयुष पाण्डेय , उधमी पि्रथ्युसिंह ठकुरी, बाल अधिकारकर्मी राजाराम बस्नेत र आविष्कारक तन्मय चौधरीलाई पछि पार्दै सो उपाधी जितेका छन् ।

वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर – किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रोत्साहन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो । यस मन्च मार्फत किशोर – किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर -किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।

काठमाडौँबाट सुरुवात भएको यो प्रतियोगिता देशभरिका १८ ठाउँमा पुगेको थियो र त्यहाँका स्कुल र कलेजहरुमा कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment