Comments Add Comment

नेपालमा अन्तर्राष्ट्रिय टिन सम्मेलन, उद्यमशिलता, शक्तिकरण र सामाजिक विषयमाथि बहस

१७ भदौ, काठमाडौं । ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलनमा उद्यमशिलता, शक्तिकरण र सामाजिक विषयमाथि तीन छुट्टाछुट्टै प्यानल डिस्कसन गरिएको छ । शुक्रबार आयोजितमा सम्मेलनमा ८ देशका १५ जना वक्ताहरुले आफ्नो धारणा राखेका छन् ।

उद्यमशिलता शीर्षकको प्यानललाई ज्योति ग्रुपका डाइरेक्टर सौरभ ज्योतिले सहजीकरण गरेका थिए । छलफलमा बंगलादेशका १४ वर्षीय उद्यमी अज्माइन अक्मल, नेपालका १९ वर्षीय सफ्टवेयर डेभलोपर रवी मण्डल, बंगलादेशका सामाजिक अभियन्ता तान्जिल रसिद र रिफ्लेक्टिभ टिनका सीईओ युसुफ मुन्ना सहभागी थिए ।

शक्तिकरण प्यालनको सहजिकरण मेघा बैंकका सिईओ अनिल केशरी शाहले गरेका थिए । छलफलमा नेपालका सामाजिक अभियन्ता अञ्जल निरौला, बालअधिकारकर्मी विपना शर्मा, बंगलादेशकी इफ्रिद ताहिया र लाइवेरियाकी बालअधिकारकर्मी सात्ता सेरिफ सहभागी थिए ।

सामाजिक विषयको प्यानल डिस्कसनको सहजीकरण ग्लोकल प्रा.लि.की जेनेरल म्यानेजर एनिला प्रजापतिले गरेकी थिइन् ।

छलफलमा सर्बियाकी गायिक निना यक्लोजभी, नेपालका पत्रकार गौरव पोखरेल, सामाजिक अभियन्ता इन्साफ पोखरेल, इन्डोनेसियाका केल्भिन अल्फ्रेड सोफियाना र नेपालका लेखक सिर्जन तिम्सिना सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment