Comments Add Comment

नवौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसः पोखरामा फोटो प्रदर्शनी

१७ भदौ, पोखरा । अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा शनिवार पोखरामा गिद्धका फोटो प्रदर्शनीसहित चित्रकला प्रतियोगिता गरी मनाइएको छ ।

नवौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा पन्छी समाजको आयोजनामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धका विभिन्न प्रजातीका फोटो प्रदर्शनी, गिद्ध संरक्षण सम्वन्धी बिद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोड्को कार्यालय प्राङ्गणमा भएको फोटो प्रदर्शनीमा नेपालमा पाइने ९ प्रजातीका गिद्ध मध्ये ८ प्रजातीका गिद्धका गतिविधी, गिद्धको महत्व, विश्वमै लोपोन्मुख हुनुका कारण र संरक्षणका लागि गर्न सकिने योगदान विषय समेटिएका ४० फोटो राखिएका थिए ।

विश्वमा २३ प्रजातीका गिद्ध पाइन्छन् । दक्षिण एशियामा ९ प्रजातीका गिद्ध पाइन्छन् । प्रदर्शनीमा एक दशकदेखि गिद्ध संरक्षण अभियानमा लागेका अन्नपूर्ण पोष्टका पोखरा सम्बाददाता, फोटो पत्रकार कृष्णमणि बरालले खिचेका गिद्धका तस्विर राखिएका थिए ।

यसैगरी फोटो पत्रकार राम गुरुङ, पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे र सचिव हेमन्त ढकालले खिचेका गिद्धका तस्विर पनि प्रदर्शनीमा राखिएका थिए ।

गिद्ध फोटो प्रदर्शनीमा विद्यार्थी, अभिभावक, नागरिक समाजका प्रतिनिधि, व्यवसायी लगायतको सहभागिता रहेको समाजका सचिव हेमन्त ढकालले जानकारी दिए ।

एक हप्तासम्म मनाइने गिद्ध सचेतना कार्यक्रम अन्तर्गत गिद्ध संरक्षण यात्रा समेत गरिने पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

सिनो खाएर वातावरण सफा गर्ने भएकोले गिद्धलाई प्रकृतिको कुचीकार समेत भनिन्छ । गिद्ध विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि गिद्धको संरक्षणमा जनसहभागीता जुटाउन गिद्ध सचेतना कार्यक्रम गरिएको पत्रकार कृष्णमणि बरालले बताए ।

सन् २००९ देखि अन्तर्राटि्रय गिद्ध सचेतना दिवस मनाउन थालीएको हो । यसअघि अप|mीकामा मात्र गिद्ध संरक्षणका लागि गिद्ध सचेतना दिवस मनाइन्थ्यो । नेपालमा गरिएको विभिन्न अध्ययनले विगत दुई दर्शकमा गिद्धको संख्या ९० प्रतिशत भन्दा बढिले घटेको पाइएको छ । सिनो खाएर हैजा, रेवीज रोग फैलन नदिन महत्वपूर्ण भूमीका खेल्ने गिद्धलाई प्रकृतिको कुचिकार भनिएको हो ।

फोटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय पर्यटन परिषदका सदस्य बासु त्रिपाठीले गिद्ध संरक्षण र पर्यापर्यटनको विकास संगसंगै गर्नु पर्ने बताए ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदयबहादुर भट्राईले वातावरण स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्ने गिद्धको संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए ।

गिद्ध बिनासको प्रमुख कारण पशुको उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक हो । यो औषधी प्रयोग गरि उपचार गराइएका पशुहरु उपचारको क्रममा मृत्यु भए र गिद्धले खाएमा मृगौलाले काम गर्न छोडी केहि दिननमै गिद्धहरु मर्ने गर्दछन् । यही औषधीको प्रयोगको कारण दक्षिण एशियामा ठुलो संख्यामा गिद्ध मरेको बिज्ञहरु बताउँछन् । नेपाल सरकार, औषधी व्यवस्था विभागले यस औषधीलाई २०६३ जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिवन्ध लगाई त्यसको बिकल्पमा गिद्धलगायत अरु पंछि र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सियाम औषधी बजारमा ल्याई प्रयोग हुँदै आएको छ ।

नेपालमा पाइने डंगर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध अतिनै संकटमा परेका गिद्धहरु हुन् । गिद्ध संरक्षणका लागि गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन गिद्धकालागि रेष्टुरेण्ट पनि संचालनमा छन् । कास्कीको घाचोकमा पनि जटायु रेष्टुरेण्ट संचालनमा छ ।

फोटो प्रदर्शनीमा बास्तोला प्रथम

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा पोखरामा भएको संरक्षण चित्रकला प्रदर्शनीमा पोखराको पश्चिमाञ्चल माध्यामिक विद्यालयका कपील बास्तोला प्रथम भएका छन् ।

प्रतियोगितामा सेन्टमेरिज माध्यामिक विद्यालयका पोखराकी नम्रता पौडेल दोस्रो र कान्तिपुर एकेडेमीका मञ्जील रानाभाट तेस्रो भए ।

चित्रकला प्रतियोगितामा गण्डकी बोर्डिङ स्कूलकी दिप्ती गुरुङ र पश्चिमाञ्चल माध्यामिक विद्यालयकी विजीता पालीखे चौथो भए । बिजेता बिद्यार्थीहरुलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment