+
+
Shares

लागुऔषधसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १८ गते १४:३५

१८ भदौ, काठमाडौं । प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले महोत्तरी लोहरपट्टी ४ का २२ वर्षे कृष्णा शर्मालाई नागढुंगामा चेकजाँचका क्रममा प्रक्राउ गरेको जनाएको छ । उनको सहयोगमा लागुऔषध तस्करमा संलग्न बनेपाका ३० वर्षे जय श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेका छन् ।

उनको साथबाट झोलामा लुकाई राखेेको डाइजेपाम र फेनार्गन र नुर्फन ४०/४० एम्पुल र नाइट्राजेपाम ६५० ट्याव्लेट गरी ७७० थान लागुऔषध बरामद गरिएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?