
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको एजेण्डा उठाएर माओवादीले संविधान कार्यान्वयनमा व्यवधान खडा गरेको आरोप लगाएका छन् ।
उनले नयाँ-नयाँ विषय उठाएर संविधान कार्यान्वयनलाई जटिल बनाउने काम नगर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आग्रह गरे ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिटौलाले संविधानलाई सहज ढंगले लागू गराउने मुख्य कार्यभार राजनीतिक दलहरुको भएको उल्लेख गर्दै त्यसैमा केन्दि्रत हुनुको विकल्प नरहेको बताए ।
उनले माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नेतर्फ लाग्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4