Comments Add Comment

नेपाल र भारतको संयुक्त अभ्यास सालझण्डीमा

१८ भदाै, काठमाडाैं । नेपाल र भारतका संयुक्त अभ्यास सूर्य किरणको एघारौं संस्करण रुपन्देहीको सालझण्डीमा सु्रु भएको छ ।

नेपाली सैनिक व्याट्ल स्कूलमा सुरु भएको सैन्य अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र केसी र भारतीय सेनाबाट महासेनानी ललित मोहन मिश्राले नेतृत्व गरेका छन् । दुवै देशका करिब ३००/३०० जना नफ्री सहभागी संयुक्त अभ्यास ३१ गतेसम्म चल्नेछ ।

संयुक्त अभ्यासमा प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार सम्बन्धी प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्नेछन् ।

साथै नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभव आदान प्रदान हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment