+
+

माओवादीले सिरहामा उम्मेदवार टुङ्ग्यायो

रासस   रासस  
२०७४ भदौ १९ गते १८:५५

१९ भदाै, सिरहा। तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले सिरहाका अधिकांश स्थानमा उम्मेदवार चयन गरेको छ ।

सिरहामा १८ स्थानीय तह छन् । तीमध्ये १३ स्थानीय तहमा उम्मेदवार चयन गरेको सो पार्टीले जनाएको छ ।

लहान नगरपालिकाकाको प्रमुखमा खड्गनारायण चौधरी र उपप्रमुखमा रिक्मा विश्वकर्मा, धनगढीमाई नगारपालिकाको प्रमुखमा हरिनारायण चौधरी र उपप्रमुखमा फुलकुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्रका कार्यालय सदस्य तथा २ नं प्रदेश संयोजक विश्वनाथ साहले जानकारी दिए ।

यसैगरी मिर्चैया नगरपालिकाको प्रमुखमा श्रवणकुमार यादव, गोलबजार नगरपालिकाको प्रमुखमा देवनाथ साह र उपप्रमुखमा रेशम थापा, सिरहा नगरपालिकाको प्रमुखमा महेश यादव र उपप्रमुखमा रेखादेवी यादव, कर्जन्हा नगरपालिकाको प्रमुखमा गंगा पासवान तथा कल्याणपुर नगरपालिकाको प्रमुखमा प्रकाश महासेठलाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक साहले बताए ।

उनका अनुसार सुखीपुर नगरपालिकामा संघीय समाजवादी फोरमसँग तालमेल गर्ने विषयमा छलफल भइरहेकोले त्यहाँ पार्टीले उम्मेदवार चयन गरिएको छैन् ।

त्यस्तै सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्षमा बालेश्वर साह र उपाध्यक्षमा अनिता यादव, नवराजपुर गाउँपालिकाको अध्यक्षमा रामनारायण दास र उपाध्यक्षमा सोमतिदेवी यादव, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा सत्यदेव यादव र उपाध्यक्षमा ललितादेवी यादव तथा अर्नमा गाउँपालिकाको अध्यक्षमा ठक्कु महतोलाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक साहले बताए ।

त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्षमा वीरेन्द्र साह र उपाध्यक्षमा लीलादेवी परियार, नरहा गाउँपालिकाको अध्यक्षमा दुखमोचन यादव र उपाध्यक्षमा आशादेवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए ।

सुखीपुर नगरपालिका तथा औरही, बरियारपट्टी र भगवानपुर गाउँपालिकामा अन्य दलहरुसँग तालमेलका सम्भावना रहेकाले सो स्थानहरुमा तालमेलको आधारमा उम्मेदवार तय गरिनेपनि संयोजक साहले बताए ।

आठ नगरपालिका र नौ गाउँपालिका रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता छन् । निर्वाचनमा भाग लिन ३२ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दर्ता गराएका छन् । जिल्लामा कुल २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?