Comments Add Comment

एलपी ग्यास उद्योग संघमा भण्डारी सर्वसम्मत


१९ भदौ, काठमाडौं । ग्यास उद्योगीहरूको छाता संस्था नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी सर्वसम्मत चयन भएका छन् । संघको शुक्रवार सम्पन्न २२ औं वाषिर्क साधारणसभा तथा ८ औं महाधिवेशनले अध्यक्षमा भण्डारीसहित १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको निवर्तमान अध्यक्षमा शिवप्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षमा मार्स प्रसाइँ र शंकर श्रेष्ठ चयन भएका छन् । त्यस्तै, महासचिवमा दिवान चन्द, सचिवमा लक्ष्मीप्रसाद महर्जन र कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ चयन भएका छन् ।

संघको सदस्यमा मनोजकुमार दास, आदित्य पराजुली, धर्मराज बर्तौला, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, नरेन्द्रकुमार श्रेष्ठ छन् । श्याम बुढाथोकी, जितबहादुर कार्की, आशिश जाजोदिया, हरिप्रसाद पाठक, सावरमल अग्रवाल, विजयहरी शर्मा, रामचन्द्र संघई, रुद्रप्रसाद कोइराला, सुरेन्द्रराज पौडेल र कृष्णकुमार श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment