Comments Add Comment

‘ऐश्वर्य’को केन्द्रविन्दुमा दीपिका


नव-नायिका दीपिका प्रसाइ अहिले दंग छिन् । कारण, उनको डेब्यू चलचित्र ‘ऐश्वर्य’का हरेक प्रचार सामाग्रीमा उनी केन्द्रविन्दुमा देखिएकी छिन् । चलचित्रमा अर्की नायिका केकी अधिकारी पनि छिन् । तर, यसको निर्माणपक्षले केकीलाइ पोष्टर, टिजरबाट लुकाएको छ भने दीपिकालाइ हाइलाइट गरेको छ ।

चलचित्रमा दीपिका सुपर मोडलको भूमिकामा देखिएकी छिन् । गीत र टिजरपछि चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । दिवाकर भट्टराइ निर्देशित चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रसाइ र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन् । चलचित्रको पोष्टरमा रमेश, दीपिका र प्रशान्तलाइ नै फोकस गरिएको छ ।
चलचित्रको पोष्टरमा शिर्ष पात्रका लागि रमेश र प्रशानतको टक्कर देखाइएको छ । यो पोष्टरलाइ टौवा क्रियसनले डिजाइन गरेको हो ।

रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यो चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माताको रुपमा छन् सुदिप बरालले छायांकन गरेको चलचित्रको कार्यकारी निर्माता निर्मल शर्मा हुन् । कलाकार तथा प्रस्तुतकर्ता रमेश उप्रेतीले गीत र टिजरबाट पाएको प्रतिक्रियाले आफूहरु अत्यन्त उत्साहित भएको बताए । कात्तिक ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment