+
+

खानेपानी मन्त्री भन्छन्- मेलम्चीको पानी डिसेम्बरमै आउँछ

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २० गते १३:२२

२० भदौ, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले यही डिसेम्बरभित्रै मेलम्चीको खानेपानी काठमाडौं आउने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘ढुक्क हुनुहोस्, मेलम्चीको खानेपानी काठमाडौंबासीले यही वर्षको डिसेम्बरभित्रै खान पाउँछन् ।’

विगतमा मेलम्चीको पानी काठमाडौं आउने अनिश्चित जस्तो भएपनि आफू मन्त्री भएर आएपछि यसलाई निश्चित गराएको दाबी उनले गरे ।

उनले थपे, ‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूकै पालामा मेलम्चीको पानी काठमाडौं आउँछ, मेरै पालामा पानी आउँछ, यसमा कुनै दुई मत छैन ।’

प्रधानमन्त्री देउवाले समेत राष्ट्रिय गौरवको आयोजनाको अवलोकन गरेको उल्लेख गर्दै थपे, ‘उहाँले स्वयम् बजेटको कुनै अभाव हुँदैन भन्नुभएको छ, अब पानी काठमाडौं आउने भयो, आउने भयो, आउने भयो ।’

मेलम्चीको पानी यही दशैंभित्रै ल्याउने भनिएको थियो । तर काम पूरा नभएकाले अब पुस महिनाभित्र आइपुग्ने दाबी गरिएको छ । पटक-पटक मेलम्चीको भाका सर्दै आएकाले काठमाडौंका उपभोक्ताहरु नेताहरुले भनेकै मितिमा पानी आउनेमा विश्वस्त बन्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?