+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६१ बलमा १०६ रन आवश्यक
चितवन राइनोज 2025
64/4 (9.5)
Shares

विराटनगर पुगेर रामचन्द्रले भने-दिल्लीमा देउवाजीको ‘टङ स्लिप’ भयो !

'संविधान संशोधनको च्याप्टर क्लोज भइसक्यो'

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २१ गते १८:२९

२१ भदौ, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको ‘टङ स्लिप’ भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले दिल्लीमा संयुक्त पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेपालको संविधान संशोधनबारे दिएको प्रतिक्रियालाई नेता पौडेलले ‘टङ स्लिप’को संज्ञा दिएका हुन् ।

बुधबार बिराटनगर विमानस्थलमा पत्रकारहरुले यसबारे सोधेको प्रश्नमा नेता पौडेलले भने- ‘पार्टीले यस विषयमा कुनै निर्णय गरेर पठाएको थिएन, खै उहाँको त्यो टन स्लिप भएको हुन सक्छ ।’

तर, पार्टी सभापतिले बोलेको कुरा त कार्यान्वय हुन्छ होला नि भनी सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडे्लले भने- ‘प्रधानमन्त्रीले बोल्नुभयो, प्रधानमन्त्रीले बोलेको कुरा कहाँ सबै कार्यान्वय हुन्छन् र ?’

बिराटनगर विमानस्थलमा बुधबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले अहिलेलाई संविधान संशोधनको च्याप्टर समाप्त समाप्त भइसकेको बताए ।

एक अर्को एक प्रसंगमा नेता पौडेलले पार्टीभित्र देउवाको कार्यशैलीबारे असन्तुष्टि जनाए । कांग्रेस सभापति देउवाले कतिपय निर्णयहरु एकलौटी रुपमा गर्ने गरेको भन्दै पौडेलले तत्कालै पार्टी सभापतिको कार्यशैलीमा पुनरावलोकन हुनुपर्ने बताए ।

कांग्रेस नेता पौडेलले तीनै चरणको स्थानीय तहको चुनाव सम्पन्न भएसँगै संविधानको सफल कार्यान्वयको दिशामा मुलुक अघि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?