+
+
Shares

पाल्पामा बढे एचआइभी संक्रमित बिरामी

रासस रासस
२०७४ भदौ २२ गते १२:०१

२२ भदौ, पाल्पा । पाल्पा जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढ्दो छ । हिजोआज एचआइभी संक्रमित व्यक्ति विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो ।

आर्थिक वर्ष २०७३/०७४ मा ३१२ जना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएका छन् ।

आव ०७२/०७३ मा २९५ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जनकारी दिए । गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पछिल्लो समय उनीहरु गाउँ समाजमा खुल्न थालेको उनले बताए ।

भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जानेक्रम बढ्न थालेको ज्ञवालीको भनाइ छ ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?