Comments Add Comment

सिक्स प्याक्स एब्स बनाउन के गर्ने के नगर्ने ?

अहिले युवाहरुमा सुगठित शरीरप्रति बिछट्टैको मोह छ । खासगरी सिक्स प्याक एब्स । सिक्स प्याक एब्स बनाउनका लागि लागि कुनै निश्चित समय भने लाग्दैन । यसमा व्यक्तिको शारीरिक बनौट, ताकत र मिहेनतमा भर पर्छ ।

नियमित जिम जाने, उचित डाइट चार्ट फलो गर्ने हो भने सिक्स प्याक एब्स पाउन सकिन्छ । यद्यपी यसअघि केहि कुरामा भने ख्याल गर्नैपर्छ ।

क्रन्च एक्सरसाइज

क्रन्च एक्सरसाइज आफैमा सजिलो एक्सरसाइज हो । सिक्स प्याक एब्स बनाउनका लागि यो एक्सरसाइज सबैभन्दा महत्वपूर्ण मानिन्छ ।
क्रन्च एक्सरसाइज गर्नका लागि भुईमा सुतेर सासलाई भित्रतिर तान्दै शरीरको माथिल्लो भागलाई उठाउने प्रयास गरिन्छ । यसको प्रभाव पेटको मांसपेशीमा पर्छ ।

लङ आर्म क्रन्च, रिजर्ब क्रन्च

क्रन्च एक्सरसाइजको तुलनामा अलंग आर्म क्रन्च एक्ससाइज केही जटिल मानिन्छ । लंग आर्म क्रन्च एक्सरसाइज गर्नका लागि सबैभन्दा पहिले भुईमा लम्पसार पर्नुहोस् । अब आˆनो खुट्टालाई थोरै मोड्नुहोस् । हातलाई टाउका पछिल्तिर लगेर त्यसलाई अनुहारतिर ल्याएर क्रन्च गर्नुहोस् ।

रिर्जब क्रन्च गर्नको लागि पिठ्युका आड लिएर हातलाई टाउकाको मुनी राख्नुहोस् । आफ्नो घुडाँलाई छातीतर्फ ९० डिग्रीको आकारमा मोड्नु होस् । खुट्टालाई माथि उठाएर क्रन्च गरौ ।

सिट अप्स

सिट अपका लागि पहिला भुईमा लम्पसार परेर घुडालाई मोडेर पञ्जा भुँईमै राख्नुहोस् । अब हातलाई टाउकाको पछाडी वा छातीमा राखेर काधलाई शरीरको माथिल्लो हिस्सा कम्मरको साथ उठाएर घुडा सम्म लग्ने कोशिस गरौ । यसरी पेटको मांसपेशीले पूरा ताकतका साथ काम गर्न थाल्छ । पेटको मांसपेशीले पूरा ताकतका साथ काम गर्न थाल्छ र रक्तसंचार हुन्छ । सिट अप्सका लागि छातीमा मेडिसिन बाल वा कुनै अन्य वजन राख्न सकिन्छ ।

लेग लिफ्ट

लेग लिˆटका लागि हात र खुट्टालाई सिधा राखेर भुईमा लम्पसार पर्ने । अब खुट्टालाई एक साथ माथि उठाएर खुट्टालाई नमोडिकनै ९० डिग्री कोण बनाएर माथि लैजाऔ । ६ देखि १० सेकेन्डसम्म त्यही अवस्थामा रहेर पहिलेकै अवस्थामा र्फकने । दैनिक १० देखि १२ पटकसम्म यसलाई दोहर्‍याउनाले खुट्टाको मांसपेशीका साथै पेटको तल्लो भागलाई आवश्यक शक्ति मिल्छ र विस्तारै विस्तारै सिक्स प्याक बन्न थाल्छ ।

सही आहार

सिक्स प्याक एब्स बनाउनका लागि एक्सरसाइजमा सही आहार निकै आवश्यक छ । यसको लागि प्रोटिनवाला आहारको सेवन गर्नुका साथै अंकुराएको खानेकुरा अधिक मात्रामा सेवन गरौ । सोयाविन, ओट्स , दलिया आदीलाई आफ्नो  दैनिकीमा सामेल गर्न सकिन्छ । दिनमा ३ देखि ५ लिटर पानी , सुप, हरियो तरकारी तथा फल एब्सको लागि राम्रो मानिन्छ ।

मांसहारीहरुको डाइड

शारीरिक सुगठनका लागि अण्डा फाइदाजनक मानिन्छ । अण्डालाई सधै उमालेर खानु पर्छ । सिक्स पैक एब्स बनाउनको लागि इन्स्ट्रक्टरले भने अनुसारको अण्डा खानु राम्रो हुन्छ । अण्डाको पहेलो भागमा बोसो हुने भएकोले सेतो भाग नै उत्तम मानिन्छ । खसीको मासुमा पनि प्रोटिन, आइरन, जिंक तथा भिटाविन बी प्रचुर मात्रामा पाइन्छ । हप्तामा एक पटक यस्ता मासु खानु त राम्रो हुन्छ नै । माछामा ओमेगा ३ फैटी एसिड हुने भएकाले सिक्स प्याक एब्स बनाउनेहरुका लागि माछा पनि राम्रो मानिन्छ ।

सप्लिमेन्टको साइड इफेक्ट

सिक्स प्याक एब्सको लागि सप्लिमेन्ट खानै पर्छ भन्ने जरुरी छैन । पौष्टिक तत्वले भरिएको खानाको थाली नै सप्लिमेन्ट भन्दा कयौ गुणा बढी फाइदाजनक हुन्छ । विना एक्सपर्ट प्रेस्कि्रप्सन वा अधिक मात्रामा सप्लिमेन्ट लिनाले कयौ साइड इफेक्ट हुन सक्छ ।

प्रशस्त मात्रामा पानीको सेवन

हाम्रो शरीरको लगभग ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । जस अनुसार हातको मांसपेशी पानीले भरिएको बलुनजस्तो हुन्छ । त्यतिमात्र हैन, पाचन प्रकि्रया वा सही रक्त सञ्चारका लागि पनि शरीरमा पानीको मात्रा उचित हुन जरुरी छ । कम पानीको सेवनले शरीरमात्र खराब हुने नभएर एक्सरसाइजको फाइदाको सट्टा नोक्सान हुन थाल्छ ।

हतारको एक्सरसाइज

कुनै पनि कामको सही नतिजा आउन केही समय लाग्ने गर्छ । त्यसमा पनि एक्सरसाइज गर्दा त्यसको नतिजा आउन समय लाग्ने हुदाँ हतार गर्नु हुँदैन । विश्वका कुनै पनि एक्सरसाइजले हप्ता दश दिनमै सिक्स पैक एब्स बनाउन सक्दैन ।

जब एक्सरसाइज सुरु गरिन्छ, त्यतिबेला मांसपेशी साँघुरिदा सासलाई पूरै बाहिर निकाल्न जरुरी हुन्छ । यस्तो नगरेको अवस्थामा सासकै कारण कुनै बेला पेटमा समस्या उत्पन्न हुनसक्छ । त्यसबाहेक, एब्समा सही असर त्यतिबेलामात्र हुन्छ,जब मांसपेशी खुम्चदा पूरै हावालाई बाहिर निकालौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment