Comments Add Comment

प्रदर्शन मितिसँगै ‘शेरबहादुर’को फस्टलुक रिलिज


आर राजवंशीको निर्देशनमा तयार भएको चलचित्र ‘शेरबहादुर’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र माघ २६ गतेबाट देशभरका हलमा रिलिज हुनेछ । यो मितिमा यस अगाडि नै चलचित्र ‘कान्छी र रोमियो एन्ड मुना’ले प्रदर्शन मिति तय गरिसकेका छन् ।

चलचित्रको प्रदर्शन मितिसँगै फस्टलुक पनि रिलिज गरिएको छ । फस्टलुकमा चलचित्रका मुख्य कलाकार सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झालाइ देखाइएको छ । धिरज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुजु र धिराज राजवंशीको लगानीमा तयार भएको यो चलचित्रमा कोशीश क्षेत्रीको संगीत छ ।

चलचित्रको नाम ‘शेरबहादुर’ भएतापनि प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनीसँग नमिल्ने निर्माणपक्षले बताएको छ । यो चलचित्रको शिर्ष भूमिकामा कलाकार सुनिल थापाको देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment