+
+
Shares

बरुणले अंकल भनिदिएपछि सलमानको यस्तो प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २५ गते १०:४१

बरुण धवन र तापसी पन्नु अभिनित फिल्म जुडवा ३ रिलिजको संघारमा छ । फिल्मका कलाकार अहिले प्रमोशनमा भिडिरहेका छन् ।

प्रमोशनका क्रममा वरुण र तापसी पिंकसिटी जयपुरमा पुगे । त्यहाँ उनीहरुले फिल्मको गीत ‘उँची हे विल्डिङ’ लाई शहरको एउटा प्रख्यात मल जीटी सेन्ट्रलमा लन्च गरे । सो कार्यक्रममा वरुण र तापसीका सयौं फ्यानहरु पनि उपस्थित थिए । बिन्दास बरुण र स्टाइलिश तापसीसँग सेल्फी र फोटो खिचाउनेहरुको भिड लाग्यो ।

यही मौकामा बरुणले सलमान खान स्टारर फिल्म जुडवाको प्रसंग ल्याए । उनले सलमानलाई अंकल भनेर सम्वोधन गरे । यो सुनेर त्यहाँ उपस्थित सलमान उनी नजिक गए ।

‘मलाई सलमान अंकल होइन, सलमान भाई भन्ने गर्नु,’ उनले कडा शब्दमा भने । विचरा बरुण रातापिरो भए ।

अहिलेसम्म बरुण धवन र आलिया भट्टको जोडीलाई मानिसहरुले मन पराएका थिए । पहिलो पटक उनले तापसी पन्नुसँग जोडी बाँधेका छ । तापसी यो फिल्मलाई लिएर निकै उत्साहित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?