+
+

प्रज्ञामा अन्जुको आवाजमा गुञ्जियो ‘नविर्से तिमीलाइदेखि सागर सरी चोखो मायासम्म’

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २५ गते ११:४४


गायिका अन्जु पन्त शनिबार बेलुकी काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा गुञ्जिएकी छिन् । अन्जुको आवाजमा गीत सुन्नका लागि प्रज्ञा भवनमा दर्शकको उपस्थिती उल्लेख्य थियो ।

गायिका पन्तकै नाममा खोलिएको ‘फाउन्डेशन र म्यूजिक रेकर्डिस्ट एसोसिएसन’को संयुक्त आयोजनामा भएको एक साँझमा अन्जुले आफ्ना चर्चित डेढ दर्जन गीत गाएकी थिइन् ।

बग्गीमा चढेर आएकी अन्जुले कार्यक्रममा २१ जना बाद्यबादकहरुको साथमा गीत गाएकी थिइन् । पहिलो पटक ‘एकल साँझ’मा प्रस्तुत भएकी अन्जुले ‘कसले चोर्‍यो मेरो मन, तिमी विना एक पल, पल पल रोएँ जिन्दगीमा, तिम्ले पराइ ठानेपछि, योगी बनाउन, यस्तो पनि हुँदो रैछ, सागर सरी चोखो माया, कहाँ भेटिएला, मेरा आशक्तिका भावना, नविर्से तिमीलाइ नपाएँ तिमीलाइ, तिमी कस्को हुने होला, तिर्खा लाग्यो पानी खाएँ, गोर्खा पल्टन, सुर्के थैली’ लगाएका गीत गाएकी थिइन् । अन्जुको सर्वाधिक चर्चित गीत ‘नविर्से तिमीलाइ न पाएँ तिमीलाइ’मा दर्शकको सर्वाधिक डिमाण्ड आएको थियो ।

यो कार्यक्रमबाट आएको सम्पूर्ण मुनाफा समाजसेवामा लगाउने आयोजकले बताएको छ ।

तस्बिरः कमल प्रसाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?