Comments Add Comment

छालाको प्रकृति अनुसार यसरी छनौट गरौ साबुन


अहिले बजारमा थरीथरीका साबुन छन् । कुन साबुनले नुहाउने ? यसको खास हेक्का गर्दैनौ । हेर्दा राम्रो साबुन छनौट गर्छौं । कतिले सस्तो खोज्छन्, कसैले महंगो । कोहि साबुनको ब्रान्ड हेर्छन्, कोहि त्यसको आवरण ।

वास्तवमा सावुन धेरै रंग, फ्लेवरको हुन्छ । यसरी सावुनमा विविधता हुनु भनेको त्यसको प्रकृति पनि फरक हुनु हो । अर्थात कुन किसिमको छालामा कस्तो साबुन प्रयोग गर्ने भन्ने हुन्छ । त्यसैले साबुन प्रयोग गर्नुअघि आफ्नो छालाको प्रकृति अनुसार छनौट गर्नुपर्छ । अन्यथा त्यसको गलत असर पनि पर्न सक्छ ।

छालाको प्रकृति अनुसार भिन्न भिन्नै साबुन आवश्यक हुन्छ । छालाको प्रकृति अनुसार सहि किसिमको साबुन छनौट गर्नुपर्छ ।

राम्रो साबुनको गुण

– छालाको सफाई

– छालालाई मुलायम एवं नरम बनाउने

– छालामा भिटामिन एवं पोषक तत्वको स्तर बनाइराख्न

राम्रो साबुनले रुखो छालालाई पोषण दिन्छ र स्वस्थ्य बनाइराख्छ । धेरै रुखो छाला छ भने मोश्चराइजिङ साबुन प्रयोग गर्नुपर्छ । यदि छाला सामान्य प्रकारको छ भने आफुलाई मनपर्ने सुगन्ध भएको साबुन छनौट गर्न सकिन्छ । यदि संवेदनसिल छाला छ भने सुगन्धित साबुन प्रयोग नगरौ ।

छालाको प्रकार

सामान्यतः चार किसिमको छाला हुन्छ । सामान्य, रुखो, तैलिया र संवेदनसिल । रुखो छाला छ र जथाभावी साबुन प्रयोग गरिएको छ भने, छाला थप रुखो हुनसक्छ । छिटै चाहुरिने भय पनि हुन्छ । त्यस्तै संवेदनसिल छालामा जथाभावी साबुन प्रयोग गर्दा त्यसले समस्या निम्त्याउँछ । यसबाट बच्नका लागि आफ्नो छालाको प्रकृति थाहा पाउनुपर्छ । त्यही अनुसार उचित साबुन छनौट गर्न सके लाभदायक हुन्छ ।

तैलिया छालाको लागि

एन्टिब्याक्टेरियल साबुन बजारमा उपलब्ध छ । त्यसमा ट्राइक्लोसन र ट्राइक्लोकार्बन जस्ता एन्टिब्याक्टेरियल तत्व हुन्छ, जो तैलिया छाला भएकाहरुको निम्ति उपयोगी हुन्छ । तर, यसको अधिक प्रयोगबाट बच्नुपर्छ । किनभने यसले छाला रुखो बनाउन सक्छ ।

सबै किसिमको स्किनको लागि

ग्लिसरिनयुक्त साबुन औषधिय गुणको साबुन हो । र, यो सबैखाले छालाको लागि उपयोगी हुन्छ । साथै जसको छाला रुखो र संवेदनसिल हुन्छ, उनीहरुले समेत ग्लिसरिनयुक्त साबुन प्रयोग गर्न सक्छन् ।

कम्बिनेसशन स्किनका लागि

कतिपयको छाला कहिले रुखो त कहिले तैलिया हुन्छ । यस्तो छाला भएकाहरुका निम्ति अरोमा थेरापी सोप उपयोगी हुन्छ ।

केहि सावधानी 

– संभव भएसम्म अनुहारमा साबुनको प्रयोग नगरेकै राम्रो हो ।

– धेरै रसायनयुक्त साबुनले नराम्रो असर गर्नसक्छ ।

– धेरै बास्ना भएको साबुन पनि उपयोगी हुँदैन ।

– यस्तो साबुनबाट बच्नपर्छ, जसमा एसिड तत्व धेरै हुन्छ । अर्थात पिएच भ्यालु एकदमै बढी हुन्छ ।

– गोरोपनको चक्करमा प्रयोग गरिने साबुनमा अधिक मात्रामा रसायन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment