Comments Add Comment

‘अनमोलको स्टारडम मेरो भन्दा धेरै छ’: पल शाह


नेपाली चलचित्र क्षेत्रमा अहिले नायकहरुको आगमन बढिरहेको छ । चकलेटी अनुहार भएका नायकहरुको प्रवेशसँगै दर्शकले पनि उनीहरुलाइ रुचाएको पाइन्छ ।
अहिले, नेपाली चलचित्र क्षेत्रमा आएका नायकहरुमा को अगाडि भन्ने लडाइ पनि सुरु भएको छ । नायक अनमोल केसीदेखि प्रदिप खड्का, पल शाह हुँदै सलिनमान बनियाँसम्मको चर्चा नेपाली चलचित्र वृत्तमा खुबै छ ।

तर, नायक पल शाहले भने अनमोल केसीको स्टारडम आफ्नो भन्दा धेरै भएको बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा पलले भने-‘मेरो भन्दा अनमोलको स्टारडम धेरै छ । किनकी, पहिलो कुरा त उहाँ म भन्दा पहिला चलचित्र क्षेत्रमा आउनु भएको हो । म भन्दा उहाँ सिनियर पनि हुनुहुन्छ ।’

अनमोलको कारण यूवाहरु हलसम्म आउन थालेको पलले बताएका छन् । उनले भने-‘नेपाली यूथलाइ हलसम्म तान्न उहाँले प्रयास गर्नु भएको छ । जसकाकारण, अहिले नेपाली चलचित्रको बजार फराकिलो बन्दै गएको छ ।’

अनमोलले यूथलाइ हलसम्म तान्दा आफूहरुलाइ सजिलो भएको पलको वुझाइ छ । नेपाली चलचित्रमा आएका नायकहरुमा स्टारडमको पारो चढिरहेको समयमा पलले भने अनमोल नै स्टार भएको र उनको स्टारडम ठूलो रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment