Comments Add Comment

एनआईसी एशियाकोे शाखारहित बैंकिङ सेवा


२५ भदौ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने र गाउँ गाउँमा वित्तीय पहुँच पुर्याएर सबलीकरण गर्न शाखा रहित बैंकिङ सेवाको शुरुवात गरेको छ ।

बैंकले इलामको सन्दकपुर गाउँपालिकामा रहेको देउराली बजार, रोङ गाउँपालिकाकमा रहेको कुटी डाडाँ बजार र झापाको बुद्घशान्ति गाउँपालिकामा रहेको शान्तिनगर गडी गाउँ बजारमा गरि ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनको देउराली बजारमासोमति सुनचिउरी, शान्तिनगर बजारमा कमल भट्टराई र कुटीडाडाँ बजारमा यादव बराललाई प्रतिनिधिको रुपमा नियुक्त गरेको छ ।

यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । बैंकले सुरु गरेको यो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा तथा रकम झिक्ने र पठाउने, मोवाइल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

यी ३ वटा शाखा रहित बैंकिङ सेवाहरु सहित हाल यस बैंकले १ सय २० शाखा, ४ एक्टेन्सन काउन्टर र ९० एटिएम सञ्जाल मार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment