+
+
Shares

मस्ती टकः ‘पलले केही भन्दा नै रुन्छिन् आँचल’ (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २६ गते ११:५०


नायक पल शाह र नायिका आँचल शर्माको जोडी चर्चित छ । विशेषगरि, यी दुइ प्रेममा रहेको खबर सार्वजनिक भएपछि चर्चा सुरु भएको थियो । यो जोडीले अभिनय गरेको चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज हुँदैछ ।

पर्दा भित्र जोनीलाइ जेन्टल बनाएकी आँचलले वास्तविक जीवनमा भने कुनै पनि यूवकलाइ ‘जेन्टल’ बनाउन पाएकी छैनन् । आँचल भन्छिन्-‘मैले अहिलेसम्म कुनै पनि पुरुष भेटेकी छैन । जो जेन्टल छैन उसँग म खासै संगत पनि गर्दिनँ ।’ यो चलचित्रमा आँचल ‘श्री’को भूमिकामा छिन् । आँचल चलचित्र भित्र आफ्नो भूमिका निकै गुलियो रहेको बताउँछिन् ।

अनलाइनखबरका लागि ‘मस्ती टक’मा रमाइलो कुराकानी गर्ने क्रममा आँचलले पललाइ गीत गाएरै क्यामेराको फ्रेममा बोलाइन् । पलले चलचित्र भित्र ‘श्री’का कारण जोनी जेन्टल भएको बताए ।

रमाइलो कुराकानीका क्रममा आँचलले पलको क्यारिकेचर समेत गरिन् । तपाइ पल बन्दा कस्तो क्रियाकलाप गर्नुहुन्छ त भन्ने प्रश्नमा आँचलले निकै रमाइलो कुरा गरिन् । यता, पलले भने आँचलको नक्कल गर्ने क्रममा आफूले केही भन्ने वित्तिकै आँचल रुने बताए ।

पल र आँचलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


आँचलले त पत्रकार ऋषि धमलाको क्यारिकेचर समेत गरिन् । उनको यो क्यारिकेचर निकै रमाइलो छ । आँचललाइ लाग्छ कि, उनको कारणले पनि ‘जोनी जेन्टलम्यान’ चल्छ । किनकी, पलको त आफ्नो फ्यान छन् नै । साथमा, आँचल पनि आफ्नो फ्यान बढेको बताउँदै आफ्ना कारणले पनि चलचित्रको व्यापारमा फरक पार्ने बताउँछिन् ।

रमाइलो कुराकानीका क्रममा हामीले आँचललाइ सोध्यौ कि, अनमोल र पलमा को ‘स्टार र को सुपरस्टार’ हुन् ? यसमा आँचलले दुबै ‘स्टार’ भएको बताइन् ।
यता, पललाइ हामीले नायिकाद्धय साम्राज्ञी राज्यलक्ष्मी शाह र पूजा शर्मामा को स्टार र को सुपरस्टार हुन् भनेर सोध्यौ ? उनले दुबै जना ‘स्टार’ भएको बताए । तर, उनले आफू भन्दा नायक अनमोल केसी सुपरस्टार भएको स्विकार गरे ।

हामीले आँचललाइ ‘आजसम्म बाथरुममा २ जना नुहाउनु भएको छ’ भनेर प्रश्न सोधेका थियौ ? यसमा आँचलले कस्तो जवाफ दिइन्, यसका लागि तपाइले ‘मस्ती टक’को भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?