Comments Add Comment

यस्तो छ रेखा र आर्यनको ‘रुद्रप्रिया’ ट्रेलर


चलचित्र ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक गरिएको छ । सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो चलचित्रलाइ रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका हुन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, टिका पहारी, राजन इशानको मुख्य भूमिका छ ।

नायिका रेखा थापाको ब्यानरबाट बन्ने अधिकांश चलचित्रमा गीतसंगीत, एक्सन र संवादलाइ महत्व दिइएको हुन्थ्यो । रेखाले बनाउने चलचित्रमा उनी नै हाबी पनि हुँदै आएकी छिन् ।

चलचित्रको ट्रेलरमा नायक आर्यन सिग्देल र कलाकार राजन इशानको चलचित्रकी शिर्ष पात्र ‘रुद्रप्रिया’ प्रतिको प्रेम र आकर्षण देखाइएको छ । रेखा र आर्यनको प्रेममा राजन इशानको प्रवेश र त्यसले निम्त्याउने अवस्थालाइ ट्रेलरमा देखाइएको छ ।

नायक आर्यन सिग्देल र नायिका रेखा थापाले करिब ८ बर्षपछि एकसाथ चलचित्र खेलेकाले पनि ‘रुद्रप्रिया’ प्रतिक्षामा छ । कात्तिक २ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment