सफलताको स्वाद चाख्न नायिका आँचल शर्मा व्यग्र प्रतिक्षामा छिन् । पहिलो चलचित्र ‘नाइ नभन्नु ल ४’बाट खासै क्रेडि नपाएकी आँचल दोश्रो चलचित्र ‘जोनी जेन्टलम्यान’बाट भने सफलता पाउनेमा ढुक्क छिन् ।
आँचल र पलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
भदौ ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा आँचल ‘श्री’को भूमिकामा देखिएकी छिन् । चलचित्रको प्रचारका लागि उनी अहिले मोफसल दौडमा छिन् ।
बोल्ड एन्ड ब्यूटी आँचल महिला, पुरुष जत्तीको खुल्न नमिल्ने बताउँछिन् । महिलाको गहना नै ‘लाज’ भएको बताउने आँचल आफूलाइ नायिकाको खुलेका तस्बिर हेर्दा लाज लाग्ने बताउँछिन् । उनले नायक पल शाह र नायक अनमोल केसी दुबै स्टार भएको बताइन् । उनले भनिन्-‘अनमोल र पलमध्ये एक जनासँग काम गर्न पाए म पलसँग नै गर्छु ।’नायक पल शाहसँगको प्रेम चर्चाका कारण पनि उनी चर्चित छिन् ।
तस्बिरः कमल प्रसाइ
प्रतिक्रिया 4