+
+
Shares

नवराज सिलवालको रिट खारेज, आइजीपी नियुक्ति विवाद टुंगियो

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २७ गते २०:३३
नवराज सिलवाल

२७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेज गरेको छ ।

प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुली नेतृत्वको वृहत पूर्ण इजलासले सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरेको हो ।

बरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको अवस्थामा प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल अदालत गएका थिए । अदालतले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गरेको हो ।

यो फैसलासँगै करीब ६ महिनादेखि आइजीपी नियुक्ति प्रकरणमा चलेको मुद्दा किनारा लागेको छ ।

हेर्नुहोस् सर्वोच्च अदालतको पूर्णपाठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?