+

युभेन्टसमाथि बार्सिलोनाको सहज जित, मेस्सीले गरे दुई गोल

२०७४ भदौ  २८ गते ८:५० २०७४ भदौ २८ गते ८:५०
युभेन्टसमाथि बार्सिलोनाको सहज जित, मेस्सीले गरे दुई गोल

२८ भदौ, काठमाडौं । लिओनल मेस्सीको दुई गोलको मदतमा बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसमाथि सहज जित हात पारेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो पहिलो खेलमा बार्सिलोनाले युभेन्टसलाई ३–० ले हराएको हो ।

नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ४५ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लियो । उनले लुइस स्वरेजसँग वान टु वान पास खेल्दै गोल गरे ।

दोस्रो हाफमा पनि युभेन्टस खेलमा फर्कन सकेन । ५६ औं मिनेटमा राकिटिकले गोल गरे भने ६९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । मेस्सीको यो गोल लोभलोग्दो थियो । राइट विङबाट बल अघि बढाएका अर्जेन्टिनी स्ट्राइकरले युभेन्टसका डिफेण्डरहरुलाई छल्दै गोल गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय