२८ भदौ, कालिकोट । जिल्लाको फुकोट कर्णाली जलबिद्युत आयोजनाको काम दशै-तिहार सकिएपछि सुरु हुने भएको छ ।
आयोजना निमार्णको जिम्मा पाएको नेपाल बिद्युत उत्पादन कम्पनी लिमिटेडले दशै र तिहारको बिचमा परियोजनाको बिस्तृत सर्भेगरी त्यसपछि आयोजनाको काम सुरु गर्ने जानकारी दिएको हो ।
४२६ मेगावाटको फुकोट कर्णाली जलबिद्युत आयोजनाको प्राबिधिक टिमले आयोजना निमार्ण स्थलको अनुगमन निरीक्षण गरेको छ ।
नलगार्ड जलबिद्युत आयोजनाका बरिष्ट इन्जिनीयर रामकाजी थापा, नेपाल बिद्युत उत्पादन कम्पनी लिमिटेडका इन्जिनियरहरु हिरामान वाईबा, मनोज बराल र दिपकराज श्रेष्ठ सहीतको एक टोलिले ड्याम निमार्ण स्थल र पावर गृह निमार्ण स्थल, बदालकोटको रेगिल पुगेर निरीक्षण गरेको हो ।
आगामी ६ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको यो परियोजना प्रचण्ड नेतृत्वको सरकारका ऊर्जा मन्त्री जनार्दन शर्माले सुरु गरेको नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत सुरु गरिएको हो ।
रत्न कार्कीबाट
प्रतिक्रिया 4