Comments Add Comment

केकीलाइ किन लुकाउँदैछन् रमेश ?


नव-नायिका दीपिका प्रसाइ भन्दा नायिका केकी अधिकारीलाइ चिन्ने दर्शकको संख्या धेरै छ । चलचित्रको फस्टलुकदेखि प्रचारमा केकीलाइ अगाडि ल्याउदा निर्माणपक्षलाइ पनि फाइदा हुने पक्का थियो ।

तर, निर्माता तथा नायक रमेश उप्रेतीले भने आफ्नो चलचित्रकी मुख्य कलाकार नायिका केकी अधिकारीलाइ नै प्रचारमा लुकाएका छन् । चलचित्र ‘ऐश्वर्य’को फस्टलुक, टिजर सार्वजनिक भैसक्यो । तर, केकीको कुनै चर्चा छैन । उनी, चलचित्र प्रचारको कुनै पाटोमा पनि अटाएकी छैनन् । दिवाकर भट्टराइ निर्देशित चलचित्रको प्रचारमा केकीलाइ स्थान नदिनु निर्माणपक्षको प्रचारको शैली होला ।

निर्माता तथा नायक रमेश उप्रेती केकी अधिकारीले ‘ऐश्वर्य’मा गरेको अभिनय हेरेपछि सबैले मुक्तकण्ठले प्रशंसा गर्ने बताउँछन् । तर, केकीलाइ लुकाएर उनले दीपिकालाइ प्रमोशनमा यती धेरै स्थान किन दिइरहेका छन् ?

कात्तिक ९ गतेबाट रिलिज हुने यो चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाइ, केकी अधिकारी र प्रशान्त ताम्राकारको मुख्य भूमिका छ । केकीलाइ लुकाउनुको कारण कतै उनी चलचित्रको शिर्ष भूमिकामा त छैनन् भन्ने अड्कल समेत लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment