स्टार बन्ने दौडमा रहेका नायक पल शाहको ठूलो चुनौती बनेको छ, ‘जोनी जेन्टलम्यान’ । अहिलेसम्म चलचित्र चल्ने एउटा मात्र आधार पल शाहको उपस्थिती र आँचल शर्मासँगकाे जोडी मात्र हो । चलचित्रले राम्रो समिक्षा पाएको खण्डमा लेखक, निर्देशकमा पनि यसको क्रेडिट जानेछ ।
सायद, यसैले पनि होला पल अहिले चलचित्र प्रचारका लागि मोफसल दौडमा छन् । प्राय आँचलसँगको प्रेमको प्रश्नमा घेरिने पल निर्धक्क भएर जवाफ दिइरहेका छन् ।
चलचित्र शुक्रबारदेखि रिलिज हुँदैछ । यसका मुख्य कलाकार पल, आँचलको साथमा चलचित्रको यूनिट पोखरा, बुटवल, चितवन, हेटौडाको दौडमा छ । अहिले चलचित्र प्रचारका लागि मोफसल दौड अनिवार्य जस्तै बनको छ ।
एक यूवतीका कारण जोनीबाट जेन्टल बनेको यूवाको कथामा यो चलचित्र बनेको पलले पत्रकार सम्मेलनमा बताए । एन्ड्रेयू पौडेल र अजय मल्लको निर्माणमा बनेको चलचित्रलाइ नितिन चन्दले निर्देशन गरेका हुन् । चलचित्रको ‘जब जब तिम्रो साथ’ बोलको गीत अहिले चर्चामा छ ।
‘पल र आँचल’सँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
प्रतिक्रिया 4