Comments Add Comment

साझाका अध्यक्ष डोलिन्द्रलाई सरकारले सोध्यो दोस्रो स्पष्टीकरण

डोलिन्द्र प्रसाद शर्मा

२९ भदौ, काठमाडौं । सरकारले साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रवन्धक डोलिन्द्र प्रसाद शर्मालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
पहिलो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै शिक्षा मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।

साझा प्रकाशनमा शर्माले अनियमितता गरेको आरोप छ । त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

सरकारका एक सय दिनका उपलब्धी सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले शर्मालाई दोस्रोपटक स्पष्टीकरण सोधिएको र अनियमितता भएको पाइए कारबाही गर्ने दाबी गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले साझाका अध्यक्ष एवं महाप्रवन्धक डोलेन्द्रप्रसाद शर्माले अनियमितता गरेको खबरहरु आएलगतै छानविन गरेको बताए । तर, छानविन प्रतिवेदन आएलगतै अख्तियारले पठाउन भनेकाले उसैलाई दिएको उनले बताए ।

उनका अनुसार पछिल्लो पटक शर्मासँग स्पष्टीकरण मागिएको छ । सुरुमा उनले दिएको जवाफ चित्त बुझ्दो नभएपछि ३ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको उनले बताए । उनले भने, ‘आज दुई दिन मात्र भएको छ ।’

उनले साझामा अनियमिता भएको पाएर कुनै हालतमा नछाड्ने दाबी गरेका छन् ।

यो पनि पढ्नुहोस् 

साझामा छानबिन गर्न शिक्षा मन्त्रालयद्वारा अख्तियारलाई आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment