Comments Add Comment

नेपालका ऊर्जा मन्त्री र अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकास मन्त्रीवीच भेटवार्ता

अष्ट्रेलिया भ्रमण नेपालका लागि प्रेरणादायी-मन्त्री शाही

१४ सेप्टेम्बर, क्यान्वेरा । साताव्यापी अष्ट्रेलिया भ्रमणमा रहेका नेपालका ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही र अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकास मन्त्री कन्सिटासेराभेन्ट वेलवीच बिहीबार यहाँको संसद भवनमा भेटवार्ता भएको छ ।

भेटमा नेपालको उर्जा क्षेत्रको विकासमा अष्ट्रेलिया सरकार इच्छुक रहेको र आगामी दिनहरुमा दुई देशवीच छलफल गर्दै उर्जा क्षेत्रमा लगानीका गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको थियो ।

अष्ट्रेलियका लागि नेपाली राजदुत लक्की शेर्पा पनि सहभागी भउको बैठकमा उर्जा मन्त्री शाहीले नेपालमा जलविद्युत उत्पादन,खानेपानी, सिचाइँ र वातावरण संरक्षणका लागि एकीकृत विकास परियोजना सन्चालन हुन लागेको अवस्थामा अष्ट्रेलियाबाट सहयोगको इच्छा व्यक्त गरिएको भन्दै धन्यवाद दिएका छन् ।

ऊर्जा मन्त्री शाहीले अष्ट्रेलिया धेरै पहिलेदेखि संघीय संरचनामा रहेको भन्दै यहाँको संघीयता कार्यान्वयनको अनुभव नेपालका लागि महत्वपूर्ण हुने बताए । उनले नेपालको संघीय संविधान कार्यान्वयनका क्रममा अष्ट्रेलियाको पनि सहयोग हुनै अपेक्षा व्यक्त गरेका थिए ।

वैज्ञानिक सँस्था सीएसआईआरओसँग अन्तरक्रिया

बिहीबार नै मन्त्री शाहीको प्रतिनिधि मण्डलले यहाँको वैज्ञानिक सँस्था सीएसआईआरओसँग अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा सँस्थाले नेपालको विज्ञान प्रविधि क्षेत्रमा गरेको काम को बारेमा अन्तरक्रिया भएको थियो ।

त्यस्तै अष्ट्रेलियाको वातावरण र ऊर्जा विभाग सदस्य र यहाँको मौरीडार्लीङ वेसिन अथोरिटीका अधिकारीहरुसँग पनि छलफल भएको छ ।

भ्रमण टोलीले यस अघि बुधबार भिक्टोरिया राज्यको सेपार्टन दक्षिण अष्ट्रेलियाको लक्सटर्न लगायतका स्थानमा भएका जलस्रोत र सिचाइँ सम्बन्धी एकीकृत परियोजनाको समेत निरीक्षण गरेको थियो ।

उर्जा मन्त्री शाहीले भ्रमणका बारेमा अनलाइनखबरसँग कुरा गर्दै अष्ट्रेलियाका विभिन्न परियोजनाको निरीक्षण गर्दा नेपालका लागि प्रेरणा भएको बताए ।

भ्रमण दलमा नेपालको संसदको कृषि तथा जलस्रोत समितिका सभापति मोहन बडाल, सदस्यहरु अमृत बोहोरा, सीता नेपाली, गीता सीहं, उर्जा आयोगका सचिव तथा सहसचिव सहभागी छन् ।

शुक्रबार भ्रमण दलले लु साउथ वेल्स राज्यको राजधानी सिड्नीमा तास्मानिया जलविद्युत परियोजनाका अधिकारीहरु सँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment