+
+
Shares

कावासोती मालपोत प्रमुखलाई दुर्व्यवहार

 रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७४ भदौ २९ गते १८:२६

२९ भदौ, नवलपरासी । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नवलपरासीको कावासोतीमा रहेको मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई बिहीबार दिउसो कार्यकक्षमै थुनेर कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् ।

मालपोत कार्यालयमा व्यापक अनियमितता भएको ससानो काममा समेत घुस खाने गरेको आरोपमा उनीहरुले दुर्व्यवहार गरेका हुन् ।

कार्यालयमा पुगेका सेवाग्राहीका अनुसार, तीन जनाको एक समूहले कोठा थुनेर घिमिरेलाई कालोमोसो दलेपछि कार्यालय परिसरमा पर्चा फालेर फरार भएका छन् ।

पर्चामा जग्गाको कारोवार गर्दा कीर्ते गरेको, तीस लाखभन्दा बढी ठेली र अंक घटाई लाग्ने पूँजीगत लाभकर नलाग्ने बनाई सो वापत लाखौं भ्रष्टाचार गरेको, पिच बाटो भएको जग्गालाई कच्ची बाटो र कच्ची बाटो भएको जग्गालाई बाटो नभएको मूल्य राखी रजिस्ट्रेशन वापत आउने राजश्व आफूले लिने गरेको आरोप लगाएका छन् ।

कालोमोसो दलेर फरार रहेकाको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक नविन राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?