Comments Add Comment

नेपालमा ४२ प्रतिशत मृत्युको कारण नसर्ने रोग

जनचेतना फैलाउनको विकल्प छैन

२९ भदौ, काठमाडौं । नेपालमा नसर्ने रोगको अवस्था भयावह रहेको भन्दै यसबारे सजग रहन सरोकारवाला निकायले आग्रह गरेका छन् ।

विगत २५ वर्षदेखि कार्यरत संस्था प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले (रेस्फेक) बिहीवार पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा नसर्ने रोगबारे सजग रहन आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा वर्षेनी मृत्यु हुने मध्ये नसर्ने रोगका कारण ४२ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ ।

त्यस्तै, अस्पताल पुग्ने विरामीमध्ये करिब ८१.५ प्रतिशत तथा ती मध्ये अन्तरंग सेवा लिने ८८ प्रतिशतलाई नसर्ने रोगको समस्या छ । करिब २० वर्ष पहिले नेपालमा सर्ने रोगको संख्या ७० प्रतिशत र नसर्ने रोगको संख्या ३० प्रतिशत रहेकोमा यो संख्या बढेर हाल ६० प्रतिशत पुगेको छ ।

‘नेपालमा नसर्ने रोगको समस्या बढ्नु भनेको उपचार, रोकथाम र नियन्त्रणका लागि राज्यको जनता र राज्यको भार बढ्नु हो’, रेस्फेकका कार्यकारी निर्देशक शान्तराम मुल्मीले भने,’ यसको नियन्त्रणको लागि हामी आजै देखि सजग हुन जरुरी छ’ ।

चाउचाउ, कोक, जंक फुड लगायतका कारण नेपालमा दम, मुुटु, मृगौला, मधुमेह, पक्षघात , क्यान्सर लगायतका नसर्ने रोगको जोखिम बढ्दो छ ।

नेपालमा नसर्ने रोगको जोखिम कम गर्नकै लागि स्वास्थ्य मन्त्रीकै अध्यक्षतामा नसर्ने रोग व्यवस्थापन समिति गठन भएको छ ।

त्यस्तै, विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एशियाली क्षेत्रमा नसर्ने रोग विरुद्ध लड्न वृहत रणनीति मस्यौदा तयार गरिसकेको छ ।

त्यस्तै, संगठनको केन्द्रीय कार्यालयले सन् २०१३ देखि २०२० सम्म ‘ग्लोबल एक्सन प्लान फर द प्रीभेन्सन एण्ड कन्ट्रोल अफ नन् कम्युनिकेवल डीजीज’ भन्ने रणनीति तयार पारिसकेको छ ।

विश्व स्वास्थ्य संगठन र अन्य देशहरुले नसर्ने रोगका साझा र आफ्नो देशको छुट्टाछुट्टै समस्या पहिल्याउने र देश सुुहाउँदा नीति तय गर्ने अभियान अगाडि बढाएको थियो ।

‘नसर्ने रोग विशेषगरी खानपान तथा जीवनशैलीसँग सम्बन्धित भएकाले यसबारे जनचेता फैलाउनुको विकल्प छैन’, मुल्मीले भने ।

उनले नसर्ने रोगका कारण राज्यको भार बाहिरहेको अवगत गराउँदै स्वास्थ्यको कुल बजेट करिव ४ प्रतिशतलाई बढाएर १० प्रतिशत बनाउन समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment