Comments Add Comment

मकाउमा नेपाल (तस्वीरसहित)

१४ सेप्टेम्बर, मकाउ । चीनको मकाउमा सुरु भएको ‘पाटा ट्राभल मार्ट २०१७’ मा नेपाल सहभागी भएको छ ।

मार्टमा पाटा-नेपाल च्याप्टर, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, विभिन्न होटल, ट्राभल एजेन्सी लगायत सहभागी छन् । यसमा ६० देशका १ हजारभन्दा बढी प्रतिनिधि सहभागी भइरहेका छन् ।

मार्टमा नेपालको नेतृत्व गर्दै आएका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विश्वभरिका पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको बताए ।

विनाशकारी भूकम्पपछि नेपालको पर्यटनले गति लिन थालेको उनले बताए । नेपालको र्पटन क्षेत्र विश्वको भन्दा निकै फरक भएका कारण नेपाल विश्वको एक उत्कृष्ट गन्तब्य स्थल भएको उनको भनाइ छ ।

यस्ता मार्टले नेपालको पर्यटन क्षेत्रमा निकै प्रभाव पार्ने बताए ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाँडेले नेपाली ट्राभल कम्पनीहरू व्यापार विस्तार गर्न यसखालको अन्तर्राष्ट्रिय ट्राभल मार्टमा सहभागी हुनुपर्ने बताए । यसमा वायुसेवा निगम र पर्यटन बोर्डको सहकार्यबाट थप सहयोग पुगेको उनको भनाइ छ ।

त्यसैगरी पाटाका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले पाटाले आयोजना गर्ने मार्ट वर्षौंदेखि क्रेता र बिक्रेताको राम्रो मञ्च भएको बताए । पाटाका उपाध्यक्ष क्रिस बट्रिलले नेपाल संसारकै उत्कृष्ट पर्यटन गन्तव्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment