Comments Add Comment

पल र आँचलको ‘जोनी जेन्टलम्यान’ रिलिज


नायक पल शाह र नायिका आँचल शर्माको करिअरमा नै महत्वपूर्ण रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ आजबाट देशभरका हलमा रिलिज भएको छ । नितिन चन्द निर्देशित यो चलचित्रलाइ एन्ड्रेयू पौडेलले निर्माण गरेका हुन् । चलचित्र सोलो रिलिजको अवसर भने पाएको छैन । आजैबाट संचिता लुइटेल, मलिना जोशी र राज कटुवाल अभिनित चलचित्र ‘लिला’ पनि रिलिज भएको छ ।

चलचित्र ‘जोनी जेन्टलम्यान’ले पल र आँचलको प्रेमकथा भन्छ । चलचित्रमा पल ‘जोनी’ र आँचल ‘श्री’को भूमिकामा देखिएकी छिन् । एक यूवतीको प्रेममा परेपछि जोनी कसरी जेन्टल बन्छ भन्ने कथालाइ नितिनले पर्दामा उठाएका छन् । चलचित्रको व्यापारले पल, आँचल र नितिनकै करिअरमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

पल शाह स्टार बन्ने दौडमा छन् । जसकाकारण, उनको यो चलचित्रको व्यापार धेरै निर्माताले पर्खिरहेका छन् । यो चलचित्र चलेको खण्डमा उनको हातमा चलचित्रको लाइन लाग्नेछ । आँचल पनि यो चलचित्रबाट उदाउने दौडमा छिन् । डेब्यू निर्देशन भएकाकारण नितिनलाइ म्यूजिक भिडियोबाट चलचित्रको यात्रा तय गर्न यो चलचित्र चल्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment