+

के गर्भनिरोधक औषधीले प्रजनन क्षमतामा असर गर्छ ?

२०७४ भदौ  ३० गते ११:३३ २०७४ भदौ ३० गते ११:३३
के गर्भनिरोधक औषधीले प्रजनन क्षमतामा असर गर्छ ?


गर्भनिरोधक चक्कीको प्रयोगबारे महिलामा अनेकन भ्रम हुन्छ । जस्तो कि, यो चक्की कहिले प्रयोग गर्ने, कहिले नगर्ने । त्यसमाथि अहिले बजारमा थरीथरीका गर्भनिरोधक औषधी आएको छ । यी औषधीहरुको प्रयोग अलग-अलग स्थितीमा हुन्छ ।

त्यसैले गर्भनिरोधक चक्कीको सेवन गर्नुअघि चिकित्सकको परामर्श आवश्यक हुन्छ । यद्यपी गर्भनिरोधक चक्की लिने महिलालाई एउटा प्रश्नले भने निकै सताउँछ, ‘यस्तो चक्कीको सेवनले गर्भवतीमा खतरा वा प्रजनन क्षमतामा असर पर्छ ?’

प्रजनन क्षमतामा असर पर्छ ?

गर्भनिरोधक औषधीले दिर्घकालिन रुपमा प्रजनन क्षमतामा असर पर्दैैन । यद्यपी यसको अनुचित र लगातार प्रयोगले हर्मोनल असन्तुलन हुनसक्छ । गर्भनिरोधक गोली लिइसकेपछि यसमध्ये कुनै समस्या भयो भने, तुरुन्तै स्त्री रोग विशेषज्ञकहाँ जानुपर्छ ।

चिलाउने, सास लिन गाह्रो हुने भयो भने चिकित्सकलाई भेट्नैपर्छ ।

धेरैजसो महिलामा अनुमानित समयभन्दा सात दिन भित्र मासिक श्राव भइसक्छ । यदि मासिक श्राव भएन भने चिकित्सकलाई भेट्नु्पर्छ । त्यस्तै पेटको तल्लो भागमा दुखाई भयो, चक्कर लाग्यो, योनीबाट रगत बग्यो भने उपचार खोज्नुपर्छ ।

पहिलादेखि नै कुनै एन्टिबायोटिक वा एन्टिएपलेप्टिक औषधी लिइरहनुभएको छ भने पहिला चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

कसरी काम गर्छ यो गोलीले ?
गर्भनिरोधक गोलीले स्पर्मलाई एग्ससँग मिल्नबाट रोकेर अनिच्छिद गर्भ रोक्छ । यद्यपी गर्भाधरण प्रक्रिया पहिला नै सुरु भइरहेको छ भने यो गोलीले प्रभावकारी काम गर्दैन ।
के छ हानी ?

गर्भनिरोधक गोलीले वान्ता, पेट दुख्ने, थकान, टाउको दुख्ने, मासिक धर्म परिवर्तन, पखला, चक्कर आउने, स्तन कोमलता, एलर्जी आदि समस्या हुनसक्छ । यदि यो चक्की सेवन गरेको दुई वा तीन घण्टाभित्र वान्ता भयो भने, दोस्रो पटक औषधी सेवन गर्नुपर्छ ।

के भविष्यमा गर्भधारण गर्न समस्या हुन्छ ?

अहिलेसम्म देखिएको छैन कि, गर्भनिरोधक गोलीले भविष्यमा प्रजनन क्षमतामा असर पर्छ । यद्यपी यसले शरीरमा सामान्य रुपमा चलिरहेको हर्मोनल प्रणालीमा वाधा गर्छ । त्यसैले अति आवश्यक अवस्थामा मात्र यो चक्की प्रयोग गर्नुपर्छ । सोझो हिसाबले यो चक्कीले प्रजनन क्षमतामा खासै असर गर्दैन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सेतो कोटको ‘मौन विद्रोह’

सेतो कोटको ‘मौन विद्रोह’

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)