Comments Add Comment

मस्ती टकः ‘जीम जान थालेपछि ‘हट’ भएँः बर्षा, मलाइ हिटलर भन्दा हुन्छः दीपा(भिडियो)

तपाइले चलचित्र ‘छक्का पन्जा २’को ‘नाइलनको सारी’ बोलको गीतमा किन सारी नलगाउनु भएको ? नायिका बर्षा राउतलाइ हामीले पहिलो प्रश्न यही नै सोध्यौ ? उनले यो एउटा ट्राभल गीत भएकाले पनि सारी लगाउन नमिल्ने बताइन् । उनले आफ्नो क्यारेक्टर पनि हाफ पाइन्ट नै लगाउने यूवतीको भएकाले सारी नलगाएको खुलाइन् ।

अनलाइनखबरका लागि ‘मस्ती टक’ गर्ने क्रममा राउतले दर्शकले आफूलाइ ‘मोटी’ भनेको भन्दै उनले आफू त्यस्ती भएको स्विकार गरिन् । अष्ट्रेलियाबाट आएपछि आफू अलिकती ‘हट’ भएको भन्दै उनले जीम गरिरहेकाले देखाउन मन लागेको सुनाइन् । अहिले चिटिक्क परेर हिड्न मन लागेको उनको भनाइ छ ।

दीपा र बर्षासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


यता, ‘मस्ती टक’मा रमाइलो कुराकानी गर्ने क्रममा चलचित्रकी निर्देशक दीपाश्री निरौलाले नायिका राउतलाइ सारी लगाउन भनेको तर उनले नमानेको बताइन् ।
रमाइलो कुराकानीको क्रममा नायिका राउतले दीपाश्री, प्रियंका र स्वस्तिमाको क्यारिकेचर समेत गरिन् । यता, दीपाले केदार घिमिरे, बर्षा राउतको क्यारिकेचर गरिन् ।

दीपाश्रीले यसपटक चलचित्रको ट्रेलरमा धेरै कुरा लुकाएको समेत बताइन् । चलचित्रको छायांकनका क्रममा नायिका बर्षा राउतले आफ्नो लुक सार्वजनिक गरेपछि दीपाश्री रिसाएकी थिइन् । दीपाले बर्षाको लुक्स लुकाउन चाहेको तर राउतले सार्वजनिक गरेपछि यी दुइविच केही असमझारी समेत भएको थियो ।

नायिका राउतले आफूलाइ कसैले तिमी ‘मोटी’ भयौ भनेको फिटिक्कै मननपर्ने बताइन् । यसो भन्दा कहिलेकाही आफ्नो मनमा छुने भन्दै इन्टरभ्यूमा नै बर्षा रोइन् । यस्तै, दीपाश्रीले भने आफूलाइ कसैले ‘छुच्ची छ’ भनेको सुन्दा मन नपर्ने बताइन् ।

तपाइ आजसम्म बाथरुममा २ जना नुहाउनु भएको छ, यो प्रश्नको जवाफमा बर्षा र दीपाले कस्तो जवाफ दिए, यसका लागि तपाइले पुरै भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment