+
+
Shares

मतदानको पूर्वसन्ध्यामा धनुषाका प्रहरी प्रमुख हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १ गते १४:३५
चक्रबहादुर सिंह

१ असोज, काठमाडौं । स्थानीय तह चुनावको लागि मतदानको पूर्वसन्ध्यामा धनुषा जिल्लामा प्रहरी प्रमुख हेरफेर भएको छ ।

धनुषाको प्रहरी प्रमुख रहेका एसपी लालमणी आचार्यलाई हेडक्वार्टरको आतंकवाद नियन्त्रण शाखामा तानिएको छ भने एसपी चक्रबहादुर सिंहलाई नयाँ प्रहरी प्रमुख बनाएर पठाइएको छ ।

एसपी सिंहले कमाण्ड सम्हालिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले पुष्टि गरे ।

यसअघि प्रहरी हेडक्वार्टरले गरेको सरुवामा एसपी मीरा चौधरीलाई धनुषाको प्रहरी प्रमुख बनाइएको थियो । तर, कांग्रेस नेता बिमलेन्द्र निधीले चौधरीलाई नपठाउन आग्रह गरेपछि लालमणिको सरुवा रोकिएको थियो ।

सीआईबीमा कार्यरत एसपी चौधरी राजनीतिक प्रभाव र दबाव नमान्ने स्वभावकी प्रहरी अधिकृत भएकाले निधीले आफ्नो गृहजिल्लामा चुनावको बेला उनलाई ल्याउन नरुचाएको स्रोतले जनाएको छ । जनकपुर रमाना हुने तयारीमा रहेकी चौधरीलाई हेडक्वार्टरले सिआइबीमै रहन निर्देशन दिएको थियो ।

तर, मतदानको पूर्वसन्ध्यामा एकाएक नयाँ एसपी चक्रबहादुर सिंहलाई पठाएर आचार्यलाई हेडक्वार्टर तान्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । निधीको इच्छा अनुसार सिंहलाई धनुषा लगिएको आरोप विपक्षी पार्टीले लगाएका छन् ।

सरकारले भने निर्वाचन आयोगको सहमतिमै एसपी सरुवा भएको बताएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सरुवा सहमतिका लागि गृहमन्त्रालयबाट पत्र केही दिनअघि नै आएको र सोही अनुसार आयोगले अनुमति दिएको हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?