Comments Add Comment

पलका दुइ जोडीः ‘एकातिर पूजा, अर्कोतिर आँचल’


काठमाण्डौको विग मुभिजमा आइतबार बेलुकी रमाइलो दृश्य देखियो । नायक पल शाह र नायिका आँचल शर्मा अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’को प्रेश शोमा पुगेका पत्रकारले रमाइलो दृश्य देखे ।

चलचित्र हेर्नका लागि नायकद्धय आमेष भण्डारी र आयुष्मान देशराज हल पुगेका थिए । साथमा, नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापा पनि हलमा पुगे । पूजासँग पलले यस अगाडि पर्दा शेयर गरिसकेका छन् ।

चलचत्रि ‘म यस्तो गीत गाउँछु’मा पल र पूजाको जोडीलाइ दर्शकले निकै रुचाएका थिए । उनै, पूजा आइतबार भने आँचल र पलको जोडीलाइ पर्दामा हेर्न हल पुगेकी थिइन् । पल, पूजा र आँचलले एकसाथ तस्बिर पनि खिचाए । पल र पूजाले फेरि चलचित्र ‘म यस्तो गीत गाउछु २’मा काम गर्ने तयारी गरेका छन् ।

नितिन चन्दले निर्देशन गरेको यो चलचित्रले प्रेमको कथामा द्धन्द्धलाइ बोलेको छ । म्यूजिक भिडियो निर्देशन हुँदै चलचित्र निर्देशनमा हात हालेका हुन्, नितिनले । तर, उनले पहिलो चलचित्रबाट समिक्षकको त्यस्तो तारिफ कमाउन भने सकेका छैनन् ।

नितिनको म्यूजिक भिडियोको पूर्ण रंग चलचित्रमा परेको देखिन्छ । जसले गर्दा उनले चलचित्रको बारेमा धेरै वुझ्न आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment