Comments Add Comment

आर्यनको एउटा फिल्म रिलिज, ३ वटा कहिले आउला ?


नायक आर्यन अधिकारीले अभिनय गरेको पहिलो चलचित्र ‘के म तिम्रो होइन र’ गतबर्ष रिलिज भयो । यो चलचित्रबाट नव-नायक आर्यन अधिकारी चलचित्र क्षेत्रमा उदाए । चलचित्र क्षेत्रमा आर्यन उदाउँदै गर्दा उनको आकर्षक शरीर र अभिनयको खुबै चर्चा भयो ।

चलचित्रको आंशिक सफलताले आर्यनलाइ फाइदा नै भयो । नेपाली चलचित्रमा आशातित नायकको रुपमा हेरिएका यी कलाकारको आज जन्मदिन हो । आज जन्मदिन मनाउँदै गर्दा आर्यनको करिअरको संभावना र चुनौतीको बारेमा चर्चा गर्न उपयुुक्त हुनेछ ।

आर्यनको करिब डेढ बर्षसम्म अर्को चलचित्र रिलिज भएको छैन । यो अवधीमा उनले ३ वटा चलचित्रमा काम गरिसकेका छन् । आर्यनले नायिका प्रियंका कार्कीसँग काम गरेको चलचित्र ‘बटरफ्लाइ’ रिलिजको तयारीमा छ । तर, यो चलचित्र केही समय अगाडि नै रिलिज भैदिएको भए आर्यनलाइ अझ फाइदा हुने थियो ।

आर्यनले यसपछि चलचित्र ‘करोडपति र जस्मिन’मा काम गरिसकेका छन् । तर, मिडियामा पनि खासै चर्चामा नआउने आर्यनको चलचित्र रिलिज नहुँदा उनी केही ओझेलमा परेको पक्का हो ।

नेपाली चलचित्र क्षेत्रमा अहिले नायकहरुको चर्को प्रतिस्पर्धा देखिएको छ । चकलेटी अनुहार भएका कलाकारहरु आउँदा अहिले चलचित्र बजारको स्टारभ्यालु निकै रफ्तारमा परिवर्तन भैरहेको छ । यस्तो अवस्थामा आर्यनले पनि आफूलाइ दर्शकमाझ भिजाउन आवश्यक छ ।

संभावना बोकेका नायक आर्यन अधिकारीलाइ जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment