Comments Add Comment

मेरो टिभी जोडदा विषेश छुट, सेट-टप बक्स फ्री

२ असोज, काठमाडौं । मेरो टिभीले विषेश छुटका साथदशैं तिहार अफर लिएर आएको छ । कम्पनीले डिजिटल सेट-टप बक्स निःशुल्क बजारमा ल्याएको छ, जसबाट एनालग प्रविधिमा भएका ग्राहकहरुलाई डिजिटलमा जानको लागि कुनैपनि आर्थिक समस्या हुने छैन ।

४२ सयको प्याकेजमा १ हजार २०१ छुट गरी केवल २ हजार ९ सय ९९ मा १२ महिनाको प्याकेज ल्याएको छ । जसमा कम्पनीले १५० एसडी च्यानल दिनेछ । उच्च गुणस्तरीय पिक्चर क्वालिटी भएका च्यानल १वर्षका लागि खरिद गर्दा मासिक करिव रु.२५० कर सहित पर्नेछ ।

जो एनालगमा ग्राहकले दिने शुल्कभन्दा कम हो । त्यसैले कम्पनिले ‘कसम हो भन्या’ भन्ने नाराका साथ चाडवाडमा खुसियाली थपेको छ ।

विशुद्ध स्वदेशी लगानीमा रहेको यस कम्पनी डिभाइन स्टि्रम नेटवर्क प्रालिसंग काठमाडौंमा, जावलाखेल केवल जावलाखेल टिभी लिंक र काठमाडौं केवलसहित ४० भन्दा बढी फ्रान्चाइज रहेका छन् भने उपत्यकाबाहिर बैदाम केवल पोखरा, बागेश्वरी केवल नेपालगन्जमा संचालनमा छन् ।

निकट भविष्यमा दाङ, धनगढी ,सुर्खेतमा आˆनो सेवा संचालनगर्ने लक्ष्य कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment