Comments Add Comment

गोरखा २ बाबुरामलाई छाड्न सकिन्न: प्रचण्ड

'बाबुरामलाई मिल्नुपर्‍यो भन्दा झन् पर भाग्नुभयो'

४ असोज, गोरखा । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा नयाँ शक्ति पार्टीसँग गोरखामा तालमेल नहुने बताएका छन् ।

निर्वाचनको तयारीका लागि कार्यकर्तालाइ प्रशिक्षण दिन जिल्ला आएका प्रचण्डले बुधबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति पार्टीसँग कुनै हालतमा तालमेल हुन नसक्ने बताएका हुन् ।

‘स्थानीय तहको चुनावमा हामीलाई सहज हुने गरी बिभिन्न पार्टीसँग तालमेल गर्‍यौँ,’ प्रचण्डले भने, ‘अबको चुनावमा पनि सहज हुने हिसावले तालमेल हुन्छ, तर बाबुरामजीको पार्टीसँग भने तालमेल हुँदैन ।’

पार्टी एकताका लागि भट्टराइलाई बारम्वार आग्रह गरेपनि बेवास्ता गरेको पनि प्रचण्डले बताएका छन् । ‘मिल्नुपर्‍यो भनेर बाबुरामजीलाई भन्दा झन् परपर भाग्नुभयो,’ उनले भने । बाबुराम,वैद्य र विप्लव समूह माओवादी केन्द्रसँग अलग बस्नुको कुनै औचित्य नभएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने बताए । स्थानीय तहको मतपरिणाम सन्तोषजनक नभएको भन्दै उनले अबको चुनावमा क्रान्तिकारी शक्तिलाई जिताउने गोरखाको परम्परा र बिरासत कायम हुनेमा बिश्वस्त रहेको बताए ।

निर्वाचनमा कसले कति सिट ल्यायो भन्नुभन्दा पनि निर्वाचन संविधान कार्यान्वयनको संवेदनशील पक्ष भएकाले निर्वाचन सम्पन्न हुनु नै ठूलो उपलब्धी भएको उनको भनाइ छ । साथै उनले यही सरकारले चुनाव गराउने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment