Comments Add Comment

जनकपुर उपमहानगरमा राजपालाई झण्डै ३ हजारको अग्रता

४ असोज, धनुषा । जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले झण्डै ३ हजारको अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको कांग्रेस निकै पछि परेको छ ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार, राजपाका मेयर उम्मेदवार लालकिशोर साहले ४७७९ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका मनोज साहले १८५६ मत पाएका छन् ।

उपमेयरमा पनि राजपाकी रिता झाको अग्रता यथावत छ । उनलाई कांग्रेस उम्मेदवारले पछ्याइरहेका छन् ।

जनकपुर ३ को वडाध्यक्षमा राजपाका जितेन्द्र साह विजयी भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment